एकै स्थानीय तहमा ४० जनामा कोरोना पुष्टि
2020/06/25, 7:54
 
korona

कञ्चनपुरमा बिहीबार थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११ महिला र ४८ पुरुष गरी ५९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लामा भएको परीक्षणमा एक जनामा गरी ६० जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबार पुष्टि भएका ६० जना मध्ये कृष्णपुर नगरपालिकाका ४०, शुक्लाफाँटा नगरपालिकाका १३ र बेदकोट नगरपालिकाका ३ जना रहेका छन् ।