सुदूरपश्चिममा २४४ जना कोरोना संक्रमित डिस्चार्ज, ६८ जना एकै दिन फर्के
2020/06/26, 8:05

सुदुरपश्चिममा हालसम्म दुई सय ४४ जना डिस्चार्ज भएका छन् । कोरोनाका संक्रमित देखिएदेखि विहीवारसम्म दुई सय ४४ जना संक्रमित डिस्चार्ज भएका हुन् । संक्रमित र शंकास्पद गरी पाँच सय २८ जना डिस्चार्ज भएकोमा त्यसमा २४४ जना कोारोना संक्रमित रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोभिड १९ बाट संक्रमित ६८ जना एकै दिन डिस्चार्ज भएका छन् । विहीवार कञ्चनपुर र डडेल्धुरावाट २५÷२५ जना घर फर्केका छन् । त्यसैगरी कैलालीबाट १२ जना, डोटीबाट ५ जना र वाजुराबाट एक जना डिस्चार्ज भएर घर फर्किएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदुरपश्चिममा प्रदेश संक्रमितको संख्या एक हजार ६ सय ६७ जना पुगेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09