
चितवनको भरतपुरमा उपचाररत कोरोना संक्रमण देखिएका कैलालीका एक पुरुषको अवस्था जटिल भएको छ । दुई दिन अगाडी क्यान्सरको उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेजमा भर्ना भएका कैलाली गोदावरी नगरपालिका ७ का ५० बर्षका पुरुषको अवस्था जटिल बनेको हो ।

उनलाई उपचारका लागि मेडिकल कलेजबाट भरतपुर अस्पतालमा लगिएको भरतपुर अस्पतालले जनाएको छ । बिरामीलाई कोरोना संक्रमण देखिएपछि भरतपुर अस्पतालमा ल्याइएको र थप उपचार सुरु गरिएको भएपनि फोक्सोको क्यान्सर लगायतको रोग समेत रहेकाले अवस्था जटिल देखिएको उपचारमा संग्लन डाक्टर प्रमोद पौडेलले बताए ।
बिरामीको अवस्था जटिल भएपछि उनका आफन्तहरुले घर लैजानका लागि अनुरोध गरेको अस्पतालका पवक्ता लिलाधर पौडेलले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09