
कञ्चनपुरमा १४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाई पछि स्वाब संकलन गरेर घर पठाइएका १३ जनामा कोरोना पुष्टि भएको छ । महाकाली नगरपालिकास्थित दोधारा–चाँदनीका १३ संक्रमितलाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको खुलेको हो ।

महाकाली नगरपालिकाका कोभिड–१९ फोकल पर्सन जय बहादुर महराले उनीहरुमा शुक्रबार संक्रमण पुष्टि भएको बताए । संक्रमितमा कुनै किसिमको लक्षण नदेखिएकोले उनीहरुलाई होम आइसोलेसनमै बस्न सुझाईएको महराले बताए ।
संक्रमितलाई पीसीआर रिपोर्ट आउन ढिलाई हुँदा स्वाब संकलन पछि भानु उच्च माध्यमिक विद्यालयको आइसोलेसनबाट घर पठाइएको थियो । महाकाली नगरपालिका–६, ७, ९ र १० का २ महिला ११ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38