
कैलालीमा युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १ का २२ वर्षीय गोविन्द सापकोटाको हत्या आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सुख्खडका अनुसार पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का २० वर्षीय मिलन ऐर, २१ वर्षीय सागर बोहरा, ३२ वर्षीय प्रभात चौधरी र वडा नम्बर ३ का २२ वर्षीय विक्रम बिष्ट रहेका छन । सापकोटा गत जेठमा घोडाघोडी नगरपालिका ८ मा पर्ने करुवा खोलामा मृत भेटिएका थिए ।
मृतककी आमाले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरिक्षक हरीशरण भट्टले बताए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09