धनगढीमा ५ दिनदेखि कसैलाई देखिएको छैन कोरोना
2020/06/27, 9:28
 
dhangadhi

धनगढी उपमहानगरपालका ५ दिनदेखि कसैलाई पनि कोरोना देखिएको छैन् । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक धनगढीमा कोरोना देखिएकोमा पछिल्लो पाँच दिनमा भने नयाँ संक्रति नदेखिएका हुन् । ८ गते धनगढीका २१ जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए । ७६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट आउन बाँकी रहेको उपाध्यायले जानकारी दिए । 

जिल्ला स्वास्थ्य कार्यालय कैलालीले धनगढीमा संक्रमितको सङख्या ८१ पुगेको बताए पनि धनगढी उप–महानगरपालिकाले भने संक्रमितको सङख्या ६५ मात्रै रहेको जनाएको छ । चैत १४ गते पहिलो पटक धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का पुरुषमा संक्रमण पुष्टि भएको थियो । अहिले १९ वटै वडामा संक्रमित फेला परेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले जानकारी दिए । उनका अनुसार सवैभन्दा बढी संक्रमित वडा नम्बर १२ मा भेटिएका छन् । १२ नम्वर वडामा १४ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा ५ महिला र ९ जना पुरुष रहेका छन् ।

वडा नम्बर १ मा दुई महिला र तीन पुरुष गरी ५ जना, वडा नम्बर २ मा तीन महिला र एक पुरुष गरी ४ जना, वडा नम्बर ३ मा तीन जना पुरुष, वडा नम्बर ४ मा एक महिला, वडा नम्बर ५ मा तीन महिला र तीन पुरुष गरी ६ जना र वडा नम्बर ६ मा दुई जना पुरुष संक्रमित भेटिएका छन् । त्यसैगरी वडा नम्बर ७ मा ३ जना पुरुष, वडा नम्बर ८ मा ३ पुरुष, वडा नम्बर ९ मा ३ महिला र ७ पुरुष गरी १० जना, वडा नम्बर १० मा ३ जना पुरुष र वडा नम्बर ११ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको उपाध्यायले जानकारी दिए । 
धनगढी उपमहानगरपालिको वडा नम्बर १३ मा २ जना पुरुष, वडा नम्बर १४ मा एक महिला र दुई पुरुष गरी ३ जना जना, वडा नम्बर १५ मा एक जना पुरुष, वडा नम्बर १६ मा एक जना पुरुष, वडा नम्बर १७ मा एक जना महिला, वडा नम्बर १८ मा तीन जना पुरुष र वडा नम्बर १९ मा एक महिलामा कोरोना पुष्टि भएको छ ।