धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएका क्वारेन्टीन र आईसोलेशन व्यवस्थापनमा सहयोग पु¥याउनका लागि कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरु गरिएको छ । जिआईजेडको संयोजन संघीय गणतन्त्र जर्मन राजदुतावास र नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाको साझेदारी तथा धनगढी उप–महानगरपालिका संगको समन्वयमा कार्यक्रम सुरु भैरहेको हो ।
कोभिड–१९ प्रतिकार्य कार्यक्रमको उद्देश्य भनेको क्वारेन्टीन र आईसोलेशनमा खानेपानीको ब्यबस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहर मैलाको ब्यबस्थापन गर्ने हो धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, यस कार्यक्रमले हामीलाई क्वारेन्टीन ब्यबस्थापनमा राहत पुग्ने छ । नगरप्रमुख वडले कार्यक्रम संचालनका लागि धनगढी उप–महानगरपालिकालाई छनौट गरेकोमा जिआईजेड, संघीय गणतन्त्र जर्मन राजदुतावास र नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखालाई धन्यवाद दिए ।
नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाका सभापती तथा रेडक्रस केन्द्रिय सदस्य उत्तम जोशीले कार्यक्रम संचालनका लागि शनिवार मात्रै धनगढी उप–महानगरपालिकासंग समन्वयात्मक बैठक बसेको बताए । यो कार्यक्रम अन्तरगत क्वारेन्टीन र आईसोलेशनमा खानेपानीको ब्यबस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहर मैलाको ब्यबस्थापनमा ६४ लाख बराबर रकम रहेको पनि सभापती जोशीले बताए ।