क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु
2020/06/27, 2:30
 
Korona

बैतडीमा क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ। शनिवार जिल्लाको दशरथचन्द नगरपालिका –६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले पुष्टि गरे। 

मृतक २ महिनादेखि दशरथचन्द नगरपालिका –४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने काम गर्थे। शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै उनले मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए। अहिले उनको शव व्यवस्थापन बारे छलफल भइरहेको छ।