
सुदुरपश्चिममा थप ३० जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार १३ महिला र १७ पुरुष रहेका छन् । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १९१६ पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ६६ जनामा कोरोना पुष्टि भएको छ। यस्तै कञ्चनपुरमा दुई सय ९७, डडेल्धुरामा दुई सय १७, डोटीमा दुई सय ९३, बैतडीमा एक सय ९०, अछामका एक सय २६, बाजुराका एक सय ३५, बझाङमा ७१ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।