एमसीसी बिरुद्द अत्तरियामा प्रदर्शन
2020/06/27, 4:48
 
birodh

कैलालीको अत्तरियामा स्वतन्त्र युवाहरुले सनिबार मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरूद्वमा शान्तिपूर्ण विराेध प्रदर्शन गरेका छन  । एमसीसीकाे पझ र विपझमा संसदमा बहस भईरहँदा यति बेला देशभक्त युवा, विद्यार्थी समाजिक अभियान्ता र विभिन्न पार्टीहरू सडक संघर्ष गरिरहेका छन । 

राष्ट्रघाती एमसीसी पासगर्न लागि परेकाे भन्दै विभिन्न ठाउमा आन्दोलन  भईरहेका छन  । नेपाल सरकार र अमेरिकाबीच २०७४ भदौ २९ मा हस्ताक्षर भएको सो सम्झौता २०७५ पुष ३ गते नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो–प्यासिफिक रणनीति (आइपीएस) मा हस्ताक्षर गरेपछि एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) को प्रस्ताव बाहिर आएको थियो ।

 यो प्रस्ताव हिन्द प्रशान्त रणनीति ९आइपीएस० अन्तर्गत अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको भन्दै देशभर विरोध भइरहेको छ । यसै सन्दर्भमा विभिन्न सामाजिक अभियान्ता,स्वतन्त्र युवा,विद्यार्थी , विभिन्न पार्टी आम  नागरिकहरू देशको राष्ट्रिय स्वाधीनताको रक्षाको लागि एमसीसी घातक रहेको भन्दै विरोध गरिरहेका छन् ।