सुदूरपश्चिममा कोेरोनाः कैलालीमा सवैभन्दा ५७४, दार्चुलामा सवैभन्दा कम १६ जनामा कोरोना पुष्टि
2020/06/27, 4:59
 
korona

सुदुरपश्चिममा शनिवार थप २२८ जनामा कोरोना पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दुई हजार एक सय १४ जना पुगेका छन् । यसमा सवैभन्दा वढी संक्रमित कैलालीका रहेका छन् । कैलालीमा संक्रमितको संख्या ५ सय ७४ पुगेको छ । दार्चुलामा सवैभन्दा कम १६ जना संक्रमित रहेका छन् । सुदुरपश्चिममा सवैभन्दा वढी संक्रमित रहेको कैलालीमा कुल संक्रमितको २७ प्रतिशत हुन भने सवैभन्दा कम रहेको दार्चुलामा शुन्य दशमलव ७ प्रतिशत हो । 

हालसम्म सुदुरपश्चिममा रहेका संक्रमितमध्ये कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, डोटीमा तीन सय ४१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बाजुराका दुई सय २१ रहेका छन् । बझाङमा संक्रमित आकडा एक सय नाघेको छैन । बझाङमा ७९ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म सुदुरपश्चिममा कोरोना पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिवार मात्रै थप २२८ जनामा कोरोना पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, वीर अस्पताल काठमाण्डौं त्रिभुवन शिक्षण अस्पताल काठमाण्डौं र धनगढी स्थित प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २२८ जनामा कोरोना पुष्टि भएको हो । काठमाण्डौंको दुई अस्पताल र एक प्रयोगशालामा गरी एक सय ९८ जनामा कोरोना पुष्टि भएको हो भने धनगढी स्थित प्रादेशिक अस्पतालमा ३० जनामा कोरोना पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८, ८ र  कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

उनका अनुसार  शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने वीर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ । सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ । 

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकामा १४ र कैलालीकै स्थानीय तह नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको बताए । उनका अनुसार डोटीका सात जनाको स्थानीय तह खुलेको छैन् भने शिखर नगरपालिका ६ जनामा कोरोना पुष्टि भएको छ । ३० जना संक्रमित मध्ये १३ जना महिला र १७ जना पुरुष रहेका छन ।