कैलालीका कोरोना संक्रमितको शव व्यवस्थापन (११ फोटोमा हेर्नुहोस्)
2020/06/27, 6:29
 
korona

चितवनमा मृत्यु भएका कैलालीका कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ । भरतपुरको नेपाल सेनाको कालीबहादुर गणको टोलीले मृतक पुरुषको शव व्यवस्थापन गरेको हो । आफन्तको उपस्थितिमा शव भरतपुर महानगरपालिका १ स्थित वागेश्वरी जंगलमा गाडिएको छ ।

2

2

2

कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा शनिवार बिहान ७ बजे मृत्यु भएको थियो ।  ७ महिना अघिदेखि फोक्सोको क्यान्सर भएका उनको भरतपुर अस्पतालको कोभिड–१९ आईसीयूमा जटिल अवस्थामा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक एवम् वरिष्ठ फिजिसियन डाक्टर प्रमोद पौडेलले जानकारी दिए ।

2

 

b

उनका अनुसार मृतक पुरूष भारतमा फोक्सोको क्यान्सरको उपचार गराएर एक महिना अघि घर फर्किएका थिए । चारपटक केमोथेरापी समेत लगाएका थिए । खकारमा रगत देखा पर्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय अस्पतालमा समेत उपचार सम्भव नभएपछि असार १० गते चितवन मेडिकल कलेजमा आइसोलेसन वार्डमा राखेर उपचार शुरू गरिएको थियो ।

b

b

b

कोरोना परीक्षण गर्दा बिहीवार पोजेटिभ देखिएपछि सोही दिन नै उनलाई भरतपुर अस्पतालको आइसोलेसन लगिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्यासँगै स्वास्थ्यमा थप जटिलता देखिएपछि शुक्रवार कोभिड–१९ आईसीयूमा सारीएको थियो। उनको त्यहीँ उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हो । 

b

b