सुदूरपश्चिमका ४१७४ जना कोरोना रिर्पोटको पर्खाईमा रहेका छन् । प्रदेशमा कोरोना परीक्षणका लागि नमूना संकलन भएका उनीहरुको रिर्पोट आउन बाँकी रहेको हो । स्वास्थ्य निर्देशनालयका अनुसार चार हजार एक सय ७४ जनाको रिर्पोट आएको छैन् ।
उनीहरु मध्ये सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा तीन हजार ७४ नमूना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएका एक हजार एक सय जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिममा अहिले सम्म पीसीआर विधीबाट १६ हजार नौ सय ३५ जनाको परीक्षण भएको छ । उनीहरु मध्ये शनिबार सम्म दुई हजार एक सय १४ जनामा कोरोना पुष्टि भईसकेको छ । शनिबार मात्र दुई सय २८ जनामा कोरोना पुष्टि भएको थियो । अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै डोटीमा तीन सय ४१, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, बाजुराका दुई सय २१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ ।