सुदूरपश्चिममा कोरोना संक्रमित गाँउमै डुल्न थालेपछि गाउँ गाउँमा त्रास
2020/06/28, 8:22
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै घर पठाइएपछि गाउँमा त्रास फैलिएको छ । आरडिटी पोजेटिभपछि घर पठाएका कयौँ नागरिकहरुमा पिसिआरपनि पोजेटिभ देखिएपछि गाउँमा त्रास बढेको हो ।  विगतमा कोरोना संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गरी कोरोना नेगेटिभ नआउँदासम्म घर नपठाइएपनि पछिल्लो समय रिपोर्ट नआउँदै घर पठाएका ब्यक्तीहरुमा कोरोना देखिएपछि गाउँमा संक्रमणको त्रास बढेको हो । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ का ५० जनालाई गत जेठ ३० गते पिसिआर रिपोर्ट नआउँदै घर पठाइएको नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले आरोप लगाए ।

‘आरडिटि पोजेटिभ आएकाको जेठ १८ गते स्वाव संकलन गरिएको थियो’ काँग्रेस नेता जोशीले भने– ‘धेरै दिनसम्म रिपोर्ट नआउदा ३० गते घर गएका उनाईलाई असार ४ गते मात्रै पिसिआर रिपोर्टपनि पोजेटिभ आयो ।’ उनीहरु गाउँमा रोपाइँ गर्न देखी आफन्तसंग निकै घुलमिल भइसकेका उनिहरुलाई ४ गते स्थानीय जनप्रतिनिधिले होम आईसोलेशनमा बस्न निर्देशन दिएका थिए । अहिले उनीहरु होम आईशोलेसनमा बसेकाहरु केही दिनदेखि घर परिवार संगै बस्न थालेका छन् ।

पिसिआर रिपोर्ट नआउँदै घर पठाएका उनीहरु नतिजा नआउँदासम्म सबैसित घुलमिल भएपनि रिपोर्ट पोजेटिभपछि होम आईसोलेशनमै बसेको बताउँछन् । होम आईसोलेशनमा बसेका केही व्यक्तीहरुलाई स्थानिय जनप्रतिनिधिले होम आईसोलेशनको समय समेत पुरा भइसकेको भन्दै सबैसित घुलमिल हुन सकिने सुझाव दिएपछि अहिले परिवार संगै बसेको गौरिगंगा नगरपालिका १ लठैयाका चन्द्र बिकले बताए । शुरुमा पिसिआर पोजेटिभ नआउँदै घर परिवार संग घुलमिल भएका उनीहरुलाई फेरी कोरोना जाँच नगर्दै घर परिवारसंग बस्न सुझाव दिएपछि कोरोनाबाट मुक्त भइसकेको होकी हैन भन्ने चिन्ता बढेको छ ।

करिब १४ दिनको होम आइसोलेशनपछि घर परिवारसंगै बस्न थालेपनि घर परिवारलाइ पनि कोरोना संक्रमणको त्रासनै छ । घर पठाएको ६ दिनपछि कोरोना संक्रमित भएका उनिहरुका परिवारको कन्ट्याक्ट टे«ेसिङ समेत हुन सकेको छैन । कोरोना संक्रमितको पुनः जाँच नगरी घुलमिल हुँदा परिवारमापनि त्रास बढेको पार्वती बिकको भनाई छ । घर परिवार संगै टोलमै कोरोनाको त्रास बढेको छ । कोरोना संक्रमणपछि उनिहरुले बिभिन्न ठाउँ गइसकेपनि कन्ट्याक्ट टे«ेसिङका लागी कुनै निकायको पहल हुन नसकेको स्थानीयले बताएका छन् । कोरोना रिपोर्ट नआउँदै घर पठाएको स्थानिय तहले झन घर परिवार संग घुलमिल हुनुभन्दा पहिले कोरोना जाँच नगर्दा त्रास छाएका छ ।

जोखिम बढेपछि प्रतिपक्षी दल काँग्रेसको निरिक्षण
कोरोना रिपोर्ट नआउँदै घर पठाइएपछि प्रदेशको नेपाली काँग्रेस संसदीय दलले चासो देखाएको छ । संसदीय दलका नेता डक्टर रण बहादूर रावल सहितको टोलीले सो क्षेत्रको अनुगमन गरेको छ । सरकारले कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आइसोलेशनमै राखेर उपचार गर्नुपर्ने ठाउँमा उल्टै रिपोर्ट नआउँदै घर पठाएर गाउँमा संक्रमण बढाउने काम गरेको संसदिय दलका नेता रावलले बताए । यस्ता कार्य रोकी पिसिआरपछि मात्रै घर पठाउनुपर्ने र कन्ट्याक्ट टे«ेसिङ गरी सम्पर्कमा आएका सबैको परिक्षण हुनुपर्ने उनको भनाई छ । निरिक्षणमा सुदूरपश्चिम प्रदेश सदस्य दिब्यश्वरी शाह, टेकबहादुर रैका र अम्बिका थापा लगायतका सम्मिलित टोली रहेको थियो ।