
धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिह सहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेका छन् । उनीहरुलाई शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ भने केहीलाई पूराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09