कञ्चनपुरमा मानसिक समस्या भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ
2022/12/15, 3:12
 
कञ्चनपुरमा मानसिक समस्या भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

कञ्चनपुर - कञ्चनपुरमा मानसिक समस्या भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। मानसिक रुपमा स्वस्थ नरहेकी १७ बर्षिया किशोरीलाई युवकहरुले ७ महिना सम्म बलात्कार गरेको खुलेपछि प्रहरीले तीन जनालाई पक्राउ परेको छ ।  इलाका प्रहरी कार्यालय वेलौरिका अनुसार जिल्लाको बेलौरि स्थित मानसिक रुपमा कम्जोर रहेकी छिन्।

पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट रहेका छन् । उनिहरुमाथी जिल्ला अदालत कञ्चनपुरमा आइतबार जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।किशोरी गर्भवति भएपछि मात्रै उनि बलात्कृत भएकोबारेमा खुलेको प्रहरी निरिक्षक भण्डारीले बताए। अहिले किशोरीको शारिरीक अवस्था कम्जोर र मानसिक रुपमा पनि कम्जोर रहेको उनले बताए ।

कञ्चनपुरको बेलौरी नगरपालिका २ स्थित भैंसोरी स्थित ९ कक्षामा अध्ययनरत किशोरीमाथि जेठ देखि पटक पटक बलात्कार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरिक्षक भण्डारीले बताएका छन् । किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार चेकजाच गर्दा उनि गर्भवति रहेको पुष्टि भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। प्रहरीका अनुसार किशोरीको गर्भमा १८ हप्ताको बच्चा रहेको पुष्टि भएको छ । ‘किशोरी माथी बलात्कार भएको थाहा भएपछि किशोरीका हजुरबुबाले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए,’ प्रहरी निरिक्षक भण्डारीले भने, त्यसैका आधारमा तीन जनालाई पक्राउ गरी छानविन थालिएको हो, तर किशोरीको गर्भमा रहेको बालक कस्कोहो भन्ने अझै खुलेको छैन। भण्डारीका अनुसार किशोरी मानसिक रूपमा कमजोर रहेको र त्यही अवस्थाको फाइदा उठाउँदै उनिमाथी बलात्कार भएको हुन सक्ने देखिएको छ।

पक्राउ परेका मध्य ३७ बर्षिय साधुराम किशोरीकै घरमा ट्र्याक्टर चलाउने काम गर्थे। उनले जेठदेखि नै ललाईफकाई पटकपटक बलात्कार गरेको खुल्न आएको प्रहरी निरीक्षक भण्डारीले बताए। दुई जनाको सम्बन्ध थाहा पाएका दीपक र हरिशंकरले बल्याकमेल गरी मानसिक साउन-भदौदेखि पटकपटक बलात्कार गरेको खुलेको उनले बताए। गर्भवति भएको जानकारी पछि सोधपुछ गर्दा किशोरीले आफुले व्यहोरेको पिडा खोलेको उनका हजुर बुबाले बताएका छन् । ‘पहिला विरामी छु भन्ने गरेको भएपनि पेट बढ्दै गएका कारण संकालागेर स्वास्थ्य संस्थामा परिक्षण गराएको किशोरीका हजुरबुबाले बताएका छन् । ती किशोरीको अहिले धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । किशोरीको गर्भपतन गर्ने तयारी गरिएको जनाइएको छ ।