धनगढी उपमहानगरपालिकामा ५२ विपन्न परिवारलाई राहत वितरण गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ को जुगेडा डी गाउँ, बेली र पटेला टोलमा रहेका अतिविपन्न तथा गरिव, गर्भवती लगायत ५२ परिवारलाई मिथिला वाइल्ड लाइफ ट्रष्ट, भोर नेफा सुदूरपश्चिम र निसर्ग हस्पिटल प्राली धनगढीको आर्थिक सहयोगमा पोषणयुक्त एकिकृत राहत प्याकेज वितरण गरिएको हो।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) बाट दैनिक ज्यालादारी गर्ने गरिव तथा अतिविपन्न घरपरिवार पूर्णरुपले प्रभावित भएको अवस्थामा समाजिक दुरी कायम गर्दै ५२ परिवारलाई सो राहत वितरण गरेको भोरे नेफा, सुदूरपश्चिमका सहसचिव अशोक कुमार जोशीले बताए।
वडा नम्बर १२ का वडासदस्य र स्वास्थ्थ स्वयंम सेविकाकोे उपस्थितिमा चामल, दाल, खानेतेल, नुन, स्वयाविन, नुहाउने साबुन, मास्क, अण्डा, फलफुल लगायतका खाद्य सामग्रीको प्याकेज वितरण गरिएको सहसचिव जोशीले बताए।