
धनगढी उप–महानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ । उप–महानगरपालिकाले आफ्ना सपिङ्ग कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

लकडाउनका कारण ब्यावसाय ठप्प भएको भन्दै उप–महानगरपालिकाले चैत ११ गते देखि असार १ गते सम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताए । धनगढी उप–महानगरपालिकाले आफ्ना सपिङ्ग कम्प्लेक्सहरु ब्यापारीलाई भाडामा दिएको छ ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उप–महानगरपालिकाले सराहनीय निर्णय गरेको बताए । उनले अन्य सरकारी कार्यालय र संघसंस्थाहरुले पनि उप–महानगरपालिकाबाट केहि सिक्ने समय आएको बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09