
दार्चुलाका एक जना लागु औषधसहित पक्राउ परेका छन्। जिल्लाको दुँहु गाउँपालिका–४ घर भई हाल महाकाली नगरपालिका–४ स्थित महादेव खुद्रा पसल संचालन गर्दै आएका ७० वर्षीय बिरसिंह लोथ्याललाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ केजी ८ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगडबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा लुकाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04