मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध धनगढीमा बयलगाडा सहित प्रदर्शा गर्दै ¥याली निकालिएको छ । ‘एमसिसी खारेज गरौं, स्वाधीनताको रक्षा गरौं’ भन्ने नारा सहित वयलगाडा सहित प्रदर्शन गरिएको हो ।
बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने नारावाजी सहित बोलन्या थली संस्थाको अगुवाईमा युवाहरूले वयगाडा सहितको ¥याली निकालेका हुन् । आइतबार साँझ धनगढीको क्याम्पस रोडबाट रातोपुल स्थित मुख्यमन्त्री कार्यालयसम्म बयलगाडा ¥याली निकालिएको हो ।
राष्ट्रप्रेम भएका युवाहरू स्वस्फुर्त रूपमा ¥यालीमा सहभागी भएको बोलन्या थली अध्यक्ष यादव जोशीले बताए । जोशीले देशको राष्ट्रिय स्वाधिनताको रक्षाको लागि एमसिसी घातक रहेको भन्दै विरोध गरिएको बताए । ‘बयलगाडा चढेर अमेरिका पुगिन्न, स्वाभिमान बेचेको डलरले समृद्धि भेटिन्न’ भन्दै ¥याली निकालेको उनले बताए । ¥यालीमा करिब १५ बयलगाडामा दुई सय युवाहरू एमससी विरूद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए ।