भारतबाट पेस्तोलसहित कञ्चनपुर घुसे, लाखौँ लुटेपछि प्रहरीको फन्दामा फसे
2023/01/02, 12:34
 
dd

कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार जिल्लाको बेलौरी नगरपालिका–१ को बैशाखाबाट भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु ईद्रीसीलाई ६ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० चक्रबहादुर शाहले उनलाई नियन्त्रणमा लिएको स्थानमा खोज तलास गर्ने क्रममा थप एक राउण्ड गोलीसहित लोड गरेको कटुवा पेस्तोल बरामद गरिएको जानकारी दिए ।

नजिकै रहेको उखुबारीमा भारतीय नागरिक २७ वर्षीय मुजिवा बञ्जारा र ४२ वर्षीय यूसुफ अलिलाई पक्राउ गरिएको डीएसपी शाहले बताए । उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरुको समूह कञ्चनपुरमा लुटपाट र चोरी डकैतीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पुस ९ गते बेलौरी नगरपालिका–१ फटैयागाउँमा भारतीय जस्ता देखिने ६(७ जनाको समूहले स्थानीयलाई हातहतियार देखाएर ३ लाख २० हजार रुपैयाँ, सुनका गरगहना, मोबाइल लुटेको, पुस १२ गते बेलौरी नगरपालिका–२ को बैजुडाँडामा स्थानीयको घरमा प्रवेश गरी नगद, गरगहना र मोबाइल लुटेको घटनामा उनीहरुको समूह संलग्न रहेको पाइएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

लुटपाटमा संलग्न भएको कुरा स्वीकार गरेपनि उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँ बाहेक अन्य सरसामान बरामद भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी छ ।