कृष्णपुरको २ नम्बर वडा एक हप्ताका लागि सिल
2020/06/29, 7:13
 
korona

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर २ सिल गरिएको छ । १६ जनामा कोरोना संक्रमण देखिएपछि आईतबारदेखि एक हप्ताका लागि वडा सिल गरिएको हो । थप संक्रमण फैलिन नदिन वडा सिल गरिएको वडाध्यक्ष जयनारायण जोशीले जानकारी दिए ।

संक्रतिको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणका लागि नमूना संकलन गरिने उनले बताए । संक्रमितहरुलाई वडाको  बालकल्याण आधारभूत विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा राखिएको छ ।