धनगढी–काठमाण्डौँ नयाँ भाडादरः इन्धनको मूल्यघटेसँगै हवाई भाडादर घट्यो
2023/01/09, 3:37
 
dhangadhi

निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले आन्तरिक हवाई भाडा दर घटाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँ घटाएपछि वायु सेवा सञ्चालक संघले हवाइ भाडा दर घटाएका हुन्।यससँगै नयाँ भाडादर आगामी बुधबार (पुस २७) गतेबाट लागू हुने भएको छ। धनगढी– काठमाडौंको ८८५ रूपैयाँले भाडा घटाइएको छ।

नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइट ६८५ रूपैयाँले घटेको छ। योसँगै उक्त रूटको भाडादर १४ हजार २०५ रूपैयाँ पुगेको छ। त्यस्तै, काठमाडौं–भद्रपुर भाडा ६ सय रूपैयाँ, काठमाडौं–विराटनगर ४८५, काठमाडौं–जनकपुर २६० रूपैयाँ, काठमाडौं–भरतपुर २१५ रूपैयाँ, काठमाडौं–पोखरा ३२० रूपैयाँ घटेको छ।

त्यसैगरी काठमाडौं–भैरहवाको नयाँ भाडादर ८ हजार २६५ रूपैयाँ तोकिएको छ। उक्त रूटको भाडादर हालको भन्दा ४४० रूपैयाँले घटाइएको हो। काठमाडौं–नेपालगञ्जको भाडादर ६५५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको ३७० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सुर्खेत ६९० रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर ४११ रूपैयाँले घटाइएको छ।

यस्तो छ नयाँ भाडादर

er