असहायसँग खुसी साट्न छात्रवासका विद्यार्थीसँग जन्मोत्सव
2020/06/29, 10:22
 
birthday

सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले असहायसँग जन्मोत्सव मनाएका छन् । सामाजिक सञ्जाल फेसबुक ग्रुप धनगढी ग्यालरीका एडमिन समेत रहेका भण्डारीको जन्म दिनको अवसरमा हृदयको आँखा कार्यक्रम मार्फत धनगढी स्थित आमाको माया छात्रबासमा आश्रित असहाय विद्यार्थीलाई सहयोग गरेका हुन् ।

हेल्प फर ह्याप्पीनेसले छात्रवासमै आयोजना गरेको कार्यक्रममा विद्यार्थीका लागि आवश्यक पर्ने  खाद्यान्न मसला तरकारी लगायतका सामान हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा ह्याप्पीनेसको आपतकालीन असहाय सहयोग कोषका संयोजक केशव पौडेल लगायतका अन्य सदस्यको समेत उपस्थिती रहेको थियो । संस्थाका संयोजक  भण्डारीले जन्म दिनमा फजुल खर्च गर्नुभन्दा असहायसँग खुसी साट्न छात्रवासका विद्यार्थीसँग जन्मोत्सव मनाएको बताए ।

b

उनले खुसी नपुगेको स्थानमा खुसी पुर्याउने उद्देश्य अनुसार नै  जन्मदिनको अवसरमा छात्रवासमा आश्रित विद्यार्थीलाई सहयोग गरिएको बताए । संस्थाले हृदयको आँखा कार्यक्रम संचालन गरी विभिन्न अवस्थामा रहेका असहायहरुलाई समय समयमा सहयोग गर्दै आएको छ ।