सवारी साधन चोरीमा संलग्न यातायात कार्यालयका कर्मचारी सहितको गिरोह पक्राउ परेको छ । प्रहरीले यातायात कार्यालय धनगढीका दुई कर्मचारी सहित सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायातका दुई जना कर्मचारी सहितको गिरोहलाई पक्राउ गरेको जनाएको छ । गिरोहमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई पक्राउ परेको प्रहरीले जनाएको छ ।
सो गिरोहमा संलग्न कैलाली र कञ्चनपुरका विभिन्न स्थानका थप ८ जना पनि पक्राउ परेका छन् । उनीहरु मोटरसाईकल लगायतका सवारी साधन चोरी र नक्कली कागजपत्र बनाएर बिक्री गर्ने काममा लामो समयदेखि सक्रिय रहेको बताईएको छ । उनीहरुबाट ८ वटा मोटरसाइकल समेत बरामद गरिएको छ ।