
भारतले सोमबार रातिदेखि मंगलबार साँझसम्म धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ । सोमबार राति १२ बजेदेखि १६ असार बेलुका पौने ७ बजेसम्म भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको हो ।

बाँधको सरसफाई गरिने भन्दै सूचना मार्फत् जानकारी दिईएको छ । एनएचपिसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुलाबाट पत्र प्राप्त भएकाले नदी किनाराका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आग्रह गरे ।
कञ्चनपुर, दार्चुला, बैतडी, डडेल्धुरा भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले सो क्षेत्रका नागरिकलाई नदी छेउछाउमा गएर कुनै पनि क्रियाकलाप नगर्न र सतर्कता अपनाईराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09