
अत्तरिया - कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१–००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

चन्दलाई अत्तरियाको पद्यमा अस्पतालले उपचार सम्भव नभएको भन्दै कोहलपुर रेफर गरेको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका–३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ ।
उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19