कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ८ जना पक्राउ
2023/02/01, 12:07
 
कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ८ जना पक्राउ

धनगढी - कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना किशोरी र अन्य ७ जना युवालाई पक्राउ गरिएको हो । कैलालीको गौरीगंगा नगरपालिका–२ का ३३ वर्षी हिक्मत साउद चार ग्राम ५६० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

यस्तै सोहि स्थानका १९ वर्षीय खेम साउद ७९० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–३ का १८ वर्षीय प्रदिप गोतामेको र सोहि स्थानका १९ वर्षीय अनिष अछामीको साथबाट ६५० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेपछि दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो। यस्तै धनगढी उपमहानगरपालिका–१ की १९ वर्षीया अन्जु कुरेसी स्पास्मो प्रोक्सिमन १९ क्याप्सुलसहित पक्राउ परेकी छन्।

भने सोहि स्थानका २१ वर्षीय विज्ञान बस्नेत नाईट्रोभेट एक ट्याब्लेटसहित पक्राउ परेका हुन्। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १९ वर्षीय सागर नेगी र कृष्णपुर नगरपालिका–५ का २३ वर्षीय आभास ऐरको साथ बाट १ सिसि कोरेक्ससहित पक्राउ परेको प्रहरीले बताएको छ। उनीहरु पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएका छन्।