कैलालीमा भन्सार छलीका सामानसहित ५ जना पुरुष पक्राउ
2023/02/02, 12:43
 
कैलालीमा भन्सार छलीका सामानसहित ५ जना पुरुष पक्राउ

धनगढी - कैलालीमा भन्सार छलीका सामानसहित पाँच जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार कैलालीको टीकापुर नगरपालिका क्षेत्रबाट भन्सारछलीको सामानसहित उनीहरु पक्राउ परेका हुन्।

प्रहरीका अनुसार बुधबार साँझ ९ बजे टीकापुर नगरपालिका वडा नम्बर ९ बालुवाटार स्थित सडक खण्डबाट भन्सार छलीका सामानसहित बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ उदासीपुरका ४३ वर्षीय जनकु चौधरीलाई समेत पक्रउ गरिएको छ। उनले चलाएको भे २ त ७९८ नम्बरको ट्याक्टरेको ट्रालिमा मार्वर, टायलसहित पक्रउ गरिएको हो। उनलाई अवस्थामा प्रहरी चौकी कालाकुण्डाको समूहले पक्राउ गरेको हो। यस्तै

बिहीवार बिहान ५ बजे टीकापुर नगरपालिका वडा नम्बर ४ अस्नेहरीमा भारतबाट भन्सारछली ल्याउदै गरेको सामानसहित अन्य ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले टीकापुर नगरपालिका वडा नम्बर १ का २८ वर्षीय अरुण गुप्ता (साहुजी), भारतको तिकुनियाका २४ वर्षीय सलमान हस्मी मम्फली (१.५ बोराको मुल्य १०हजार र १ थान साईकल), १८ वर्षीय तारिख कुरेसी (१.५ बोराको मुल्य १०हजार र १ थान साईकल),र ४८ वर्षीय अस्लम हस्मी (१.५ बोराको मुल्य १०हजार र १ थान साईकल) पक्राउ परेको बताए। जिल्ला प्रहरी  प्रवक्ता  जोशीका अनुसार उनीहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको बताए । सो सम्बन्धमा थप अनुसन्धान अघि बढेको बताए ।