कैलालीका डीएसपी जोशीको सरुवा, कुलदिप चन्द आउँदै
2023/02/03, 2:34
 
कैलालीका डीएसपी जोशीको सरुवा, कुलदिप चन्द आउँदै

कैलाली - जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले जोशीलाई वडा प्रहरी कार्यालय(क) बैदाम कास्की पठाउदै उनको ठाउँमा डीएसपी कुलदिप चन्दको सरुवा गरेको छ। चन्द जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए।

नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डीएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको हो। प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको हिजो बिहीवार को निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) लाई काज सरुवासमेत गरेको थियो।