यातातायत कार्यालयको भिड घटाउन बैंक काउन्टर स्थापना गर्न माग
2020/06/29, 7:10
 
yatayat

यातायात व्यवस्था कार्यालय धनगढीमा भिडभाड हुन थालेपछि  नियन्त्रण गर्न बैंक काउन्टर स्थापना गर्न माग गरिएको छ । सुन्दरपश्चिम यातायात प्रालि धनगढीले बैंक काउन्टर स्थापना गर्न अनुरोध गरेको हो ।

सवारी साधनका कागजपत्र नविकरणका लागि यातायात व्यवस्था कार्यालयमा लामो समयसम्म सामाजिक दुरी समेत कायम नगरी लाईन बस्नुपर्ने बाध्यता रहेको सुन्दरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए । जसकारण कोरोनाको जोखिम बढेकाले बैंक काउन्टर थप गरी भिडभाडलाई नियन्त्रण गर्न माग गरिएको उनले बताए ।