कञ्चनपुर महोत्सवमा मन्त्री दामोदरले पाएनन् बोल्न, एमाले कञ्चनपुर रुष्ट
2023/02/13, 5:32
 
ss

सोमबार तामझामका साथ आयोजना गरिएको कञ्चनपुर पर्यटन महोत्सवमा मन्त्रीहरुले भने बोल्न पाएनन् । आयोजक उद्योग वाणिज्य संघ कञ्चनपुरले उदघाटन कार्यक्रममा भव्य स्वागतका लागि भनि निम्त्याएका नेकपा एमालेबाट मन्त्री बनेका उध्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले भने आफ्नो मन्तव्य समेत राख्न पाएनन् ।

मन्त्री भण्डारीले बोल्न नमानेका हुन या पालो नै नपुगेको भन्ने आफूहरुले छलफल गरिरहेको नेकपा एमाले कञ्चनपुरले बताएको छ । मन्त्री भण्डारीलाई पालो नै नदिई संचालकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्त्याएको नेकपा एमाले कञ्चनपुर स्रोतले बताएको छ । मन्त्री भण्डारी सहित स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गरिीले कार्यक्रममा बोल्न नपाएको भन्दै नेकपा एमाले कञ्चनपुर रुष्ट बनेको हो ।

नेकपा एमालेका जिल्ला सचिव पल्लवराज भट्टले मन्त्री ज्यूले धारणा नराखेको सुन्नमा आएकाले थप बुझ्ने कार्य भइरहेको बताए । मन्त्री भण्डारी एमाले सुदूरपश्चिमका अध्यक्ष पनि हुन् ।