कैलालीमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । बर्दगोरीया गाउँपालिका वडा नम्वर १ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको भे ६ प २५२० नम्वरको मोटरसाईकलले र सोही दिशा तर्फ गईरहेको दुई जना सवार साईकललाई ठक्कर दिदा एक बालकको मृत्यु भएको हो ।
साईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर २ का ३० बर्षीय रमेश परियारका ५ बर्षीय छोरा हिमान्सुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । दुर्घटनामा परी गम्भीर घाईते भएका परियारको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।
उनका अनुसार मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ८ का २५ बर्षीय सुरेश चौधरी, मोटरसाईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का २६ बर्षीय जयदेव चौधरी र मृतक बालकका बुवा समेत रहेका साईकल चालक बर्दगोरीया गाउँपालिका वडा नम्वर १ बस्ने रमेश परियार घाईते भएका छन् ।
उनीहरुमध्ये मोटरसाईकल चालकको अवस्था गम्भीर रहेको र घाईते तीन जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले दिनेश खवरलाई जानकारी दिए ।