सुदूरपश्चिम प्रदेशका ८२ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । झण्डै दुई हजार चार सय संक्रमति रहेकोमा ८० जनाको मात्रै अस्पतालहरुमा उपचार भईरहेको हो । अधिकांश संक्रमितहरुको भने क्वारेन्टिन र घरमै रहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४१, महाकाली अस्पतालमा १५, अछाम र सेती अस्पतालमा १०, १०, डोटी र मालाखेती अस्पतालमा दुई दुई तथा दार्चुला र बझाङ अस्पतालमा एक एक जनाको उपचार भईरहेको छ ।
यस्तै सुदूरपश्चिमका विभिन्न अस्पतालबाट तीन सय ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले तीन सय ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । उनका अनुसार सोमवार मात्रै २१ जना संक्रमितलाई विभिन्न अस्पतालमा डिस्चार्ज गरिएको छ । महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ८ र दार्चुलाबाट एक जना गरी २१ जनालाई डिस्चार्ज गरिएको उनले बताए ।
सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी डोटीका एक सय ६, कञ्चनपुरका ८५, कैलालीका ७५ र डडेल्धुराका ६९ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । अछामबाट २९, दार्चुलाबाट १३, बैतडीबाट ९, बझाङ र बाजुराबाट दुई दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।
कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् । सुदूरपश्चिममा ६ जना संक्रमितको मृत्यु भईसकेको छ । सुदूरपश्चिममा संक्रमितको सङख्या दुई हजार तीन सय ६६ पुगेको छ भने संघीय स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा संक्रमितको सङख्या दुई हजार चार सय ३५ छ । संघीय र प्रदेश सरकारले फरक फरक तथ्याङक सार्वजनिक गर्दा अन्यौलता बढेको छ ।