
सुदूरपश्चि प्रदेशमा १४ हजार बढी क्वारेन्टाईनमा रहेका छन । सामाजिक विकास मन्त्रालयको सोमबार सम्मको तथ्याङ्क अनुसार १४ हजार ३ सय ६९ जना क्वारेनटाइनमा रहेका छन । जसमा २ हजार ७ सय ७३ महिला र ११ हजार ५ सय ९६ पुरुष रहेका छन ।

क्वारेन्टाइनमा रहेकाहरु मध्ये कैलालीका ३ हजार १ सय ५३, अछामका १ हजार २ सय ४६, कन्चनपुरका २ हजार १ सय १२, बाजुराका १ हजार ५ सय ४१, बझाङका १ हजार ६ सय २८, बैतडीका १ हजार ३ सय ७, डोटीका २ हजार १ सय ३८, डडेल्धुराका ६ १ सय ८० र दार्चुलाका ५ सय ६४ जना रहेका छन ।
मन्त्रालयका अनुसार सुदूपश्चिममा हाल सम्म कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६६ रहेको छ । जसमध्ये ३ सय ८८ जना उपचार पछि डिस्चार्ज भएका छन भने ६ जनाको मृत्यु भएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15