धनगढीमा करेन्ट लाग्दा एकको मृत्यु, दुई जना अस्पताल भर्ना
2023/03/01, 4:02
 
c

धनगढी - कैलालीको धनगढीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार राति करेन्ट लागेर घाइते भएका दुई जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।करेन्ट लाग्दा मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ राजपुरका २० वर्षीय शर्बन राना रहेका छन्।

उनलाई  मंगलबार करेन्ट लागेको थियो। धनगढी उपमहानगरपालिका–१ का लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा फलामको पाईप बिजुलीको मेन लाईनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कैलाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।उनीहरुको परिचय खुल्न बाँकी रहेको बताइएको छ ।