कञ्चनपुर - कञ्चनपुरमा रहेको शुक्फाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पूर्वी रुट पनि खुला गरिएको छ । बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले बेल्डाँडी क्षेत्रबाट निकुञ्ज प्रवेश गर्दै पूर्वी रुट खुला गरेको हो।
शुक्लाफाँटा राष्ट्रि निकुञ्जको स्थापना २०३१ सालमा भएको हो । त्यतिबेला शाही शुक्लाफाँटा बन्यजन्तु आरक्ष भनिएपछि यसलाई निकुञ्ज बनाइएको हो । २४३ वर्ग किलोमिटर रहेको शुक्लाफाँटाको क्षेत्रफल बढाएर अहिले ३०५ वर्ग किलोमिटर पुर्याएको छ।
यो निकुञ्न कञ्चनपुर जिल्लाको नेपाल–भारत सीमानासँग जोडिएको छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीको बासस्थानको संरक्षण हुन पुगेको छ ।
यो निकुञ्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुन्जमा २ हजार ३०१ वटा बाह्रसिंगाको गणना गरिएको थियो । यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१७ को गणनाअनुसार यस निकुञ्जमा एकसिंङ्गे गैडाको संख्या १६ रहेको छ भने २०२२ को गणना अनुसार यस निकुञ्जमा ३७ वटा बाघको गणना भएको छ ।
निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । यहाँ सिसौ,खयर र घाँसे मैदान छ । जंगली हात्ती,पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू रहेका छन्।
निकुञ्जमा २३७ वटा कृष्णसार संरक्षित गरी राखिएका छन । १२ वर्षअघि ८४ वटा कृष्णसारबाट सुरू गरिएको हिरापुर कृष्णसार संरक्षित क्षेत्रमा अहिले बडेर २८७ पुगेका छन् । कृष्णसार संक्षित क्षेत्रहरुमध्ये यो सबैभन्दा बढी संख्या हो ।
एसीयामै बाह्रसंगेको ठूलो बथान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बुधबारबाट पूर्वीरुट पनि खुला गरिएको हो । कञ्चनपुरकै बेलडाँडी गाउँपालिकाको वडा नम्बर ५ को ईमलियाबाट पनि प्रवेश गर्न सकिन्छ। यसअघि कञ्चनपुरको मजगाउँबाट मात्र निकुञ्ज प्रवेश गर्नुपथ्र्यो ।
शुक्लाफाँटा पाटेबाघ बढी देखिने क्षेत्र पनि हो । सामान्य एउटा बाघका लागि ६० वर्ग किलोमिटरको बासस्थान चाहिन्छ । तर,शुक्लाफाँटामा एउटा बाघको बासस्थान २५ देखि ३० वर्गकिलोमिटर मात्रै भएकाले जंगल सफारी गर्दै देखिने सम्भावना बढी रहेको पर्यटन गाईड डुट्ठा रानाले बताए ।
‘सामान्यतया बाघका लागि ६० वर्ग किलोमिटरको बासस्थान क्षेत्र चाहिन्छ । तर शुक्लाफाँटामा पछिल्लो गणनामा ३७ वटा पाटेबाघ रहेका छन् । बासस्थान सानो भएकाले जंगल सफारी क्रममा पर्यटकहरूले बाघ देख्ने सम्भावना बढी छ,ु रानाले भने । ‘यसरी सानो बासस्थानमा मिलेर बसेको ‘क्याट फेमिलि’ यो विश्वका लागि नमूना हुनसक्छ ।’
नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन सुदूरपश्चिम,पुर्नबास र बेलौरी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाको पहलमा बुधबारदेखि पूर्वी रुट पनि खुला गरिएको हो । यसअघि मजगाउँबाट मात्र प्रवेश थियो । शुक्लाफँटा घुम्न पूर्वी रुटकै नजिक आएर फेरि मजगाउँबाट बाहिरिनुपर्ने समस्या थियो । ‘तर अब पूर्वी रुट ९बेल्डाँडी० भएर पश्चिम ९मजगाउँ० निस्कन सकिने र उताबाट यता पनि निस्कन सकिने गरि सजिलो भयो,ुनाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले भने ।
सुख्खा मौसमका लागि भनेर स्थानीय चौधर नदीमा काठको पुल हालिएको छ । बर्खाका बेला भने फेरि पूर्वी रुटको प्रवेश बन्द हुने सम्भावना देखिएको छ । ‘१२ करोडमा पुलको ठेक्का भएको छ । तर ठेकेदार सम्पर्कबिहीन छन्, मुख्यमन्त्रीज्युलाई त्यो ठेकेदार खोजीदिन अनुरोध गर्दछु,ु बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले भने ।
शुक्लाफाँटा जानका लागि बेल्डाडी गाउँपालिकाले ढाई किलोमिटरको सडकको ट्रयाक खोलेको छ । बेल्डाँडीको इमिलियाबाट शुक्लाफाँटाको मुख्य घुम्ने स्थान मानिएको घासेमैदान पुग्न ५ किलोमिटरको मात्रै दुरी छ । ‘पर्यटहरूका लागि मजगाउँबाट २७ किलोमिटर पूर्व आएर फेरि उतै फर्किने समस्या अन्त भयो, यसले पर्यटकको खर्च पनि जोगियो र पर्यटक बढने सम्भावना पनि भयो,ुनाटा सुदूरपश्चिमका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी माया प्रकाश भट्टले भने ।
मुख्यमन्त्री कमल शाह, प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाही,भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवासहित प्रदेशसभा सदस्य र पर्यटन व्यवसायीहरूले पूर्वी प्रवेश मार्गबाट निकुञ्जको अवलोकन पनि गरेका छन् ।
निकुञ्जको अवलोकनका क्रममा मुख्यमन्त्री शाहले शुक्लाफाँटाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् । केही दिनमा निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षा चेक पोस्ट स्थापना भएपछि यस क्षेत्रबाट पनि पर्यटन शुक्लाफाटा घुम्न पाउनेछन्।