धौलीगंगा बाँध खोलेपछि महाकालीको जलस्तर बढ्यो
2020/06/30, 6:03
 
mahakali

भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि  महाकाली नदीको जनस्तर बढेको छ। बाँध खोलेसंगै नदीमा जलस्तर बढेको महाकाली नदी जलसतह मापन केन्द्र, दत्तुले जनाएको छ। केन्द्रका गेज रिडर कृष्णसिंह नगारीका अनुसार मंगलबार बिहान गरिएको मापन अनुसार जलस्तर ४ मिटर २० सेन्टिमिटर पुगेको छ।

बाँध खोल्नुअघि महाकालीको जलस्तर २ मिटर ९० सेन्टिमिटर रहेको उनले बताए।  नदीमा जलस्तर ४ मिटर ८० सेन्टिमिटर माथी पुगेपछि बार्निङ लेबल हुने महाकाली नदी जलसतह मापन केन्द्र, दत्तुले जनाएको छ। बाँध खोल्नुअघि महाकालीको तटीय क्षेत्रका नागरिकलाई सतर्क भएर रहको सम्बन्धित जिल्लाका प्रशासनले आग्रह गरेको थियो। 

सोमबार राती १२ बजेदेखि खुल्ला गरिएको परियोजनाको बाँध मंगलबार बेलुका पौने ७ बजेसम्म रहने एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसनले जनाएको छ।