धनगढीमा ५ दिने निशुल्क योग तथा आयुर्वेद विज्ञान शिविर सम्पन्न
2023/03/06, 11:59
 
धनगढीमा ५ दिने निशुल्क योग तथा आयुर्वेद विज्ञान शिविर सम्पन्न

धनगढी - धनगढीमा ५ दिनसम्म सञ्चालन भएको निशुल्क योग तथा आयुर्वेद विज्ञान शिविर सम्पन्न भएको छ। धनगढी उपमहानगरपालीका ५ शिवनगरमा रहेको चैतन्य पाठशालाको आयोजनामा भएको निशुल्क योग तथा आयुर्वेद विज्ञान शिविर फागुन १८ गते देखी २२ गते सम्म सञ्चालन भएको थियो।

चैतन्य पाठशालाको प्रांगणमा सञ्चालन भएको उक्त शिविर चैतन्य पाठशालाका कार्यकारी अधिकृत गणेश प्रसाद जोशीको अध्यक्षतामा आज सम्पन्न भएको हो। योग र आयुर्बेदले मानिसलाइ बाहिर स्वास्थ्यबाट मात्र नभई भित्री स्वास्थ्यबाट पनि स्वस्थ बनाउछ भन्ने उदेश्यसहित बिधालय स्तरिय योग तथा आयुर्वेद बिज्ञान शिविर चैतन्य पाठशालाको आयोजनामा गरिएको उनले बताए । चैतन्य पाठशालाको आयोजना र पतन्जली योग समिती कैलाली सहयोगमा उक्त शिबिर प्रत्यक दिन बिहान ठिक ५ बजे देखि ७ बजे सम्म सञ्चालन भएको थियो।

योगको महिमा अपरम्पार छ, आउनुहोस् हातेमालो गरौँ भन्ने योग तथा आयुर्वेद विज्ञान शिविर रहेको पतंजलि योग समिति नेपाल मुख्य प्रभारी लव देव मिश्रले बताए।कार्यक्रममा प्रदेश प्रभारी काशिनाथ भट्ट, जिल्ला प्रभारी श्याम कुमार श्रेष्ठ, युवा समितिका सुवास मुस्कान, शिक्षक, बिद्यार्थी,अभिभावक, लगायत उपस्थित रहेको थियो। पाँच दिने शिविर मा हरेक दिन योग ,योगाभ्यास,प्राणायाम, आयुर्वेद ,र संस्कारको बारेमा प्रशिक्षित गरिएको थियो ।बालबालिका र अभिभावकको योग तथा आयुर्वेदबाट शारीरिक, मानसिक र सामाजिक बिकास कसरी गर्ने भन्ने बिषयमा जानकारी प्रदान गरिएको थियो। जस्को मार्ग दर्शन पतन्जली धनगढी नगर योग शिक्षक समितीका अध्यक्ष राज कुमारी महतो र उनको समितिले गरेको थियो। सत्सङमा २५० जना भन्दाबढी बालबालिका,शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी तथा अतिथीहरु सम्मानपत्र बितरण सहित होलीको शुभकामना आदानप्रदान समेत गरिएको थियो।