मेरो कार्यकालमा धनगढी उत्कृष्ट नगर बन्न सफल भयो–निर्वतमान मेयर नृप वड
2023/03/13, 11:57
 
ss

धनगढी । धनगढी देशकै उत्कृष्ट उपमहानगरपालिकाको रुपमा पुरुस्कृत हुँदैछ । नेपाल नगरपालिका संघले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरको रुपमा पुरुस्कृत गर्न लागेको हो ।

धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर वडको पालामा गत आर्थिक बर्षको कार्यसम्पादन मुल्याकंनमा उत्कृष्ट बनेको धनगढी उप महानगरपालिकालाई अहिले सम्मान गरिन लागिएको छ । धनगढी उपमहनगरपालिकाका पुर्व मेयर नृप बहादुर वडले आफ्नो मेहन्त र कर्मचारीले महत्वपुर्ण काम गरेका कारण  उत्कृष्ट नगरको रुपमा पुररस्कृत हुन सकेको जानकारी दिए । अहिलेका मेयर गोपाल हमाले पनि यो बर्ष सवै नगरपालिकाको तुलनामा उत्कृष्ट काम गरेर पुररस्कृत हुनुपर्ने वडले बताए । 

नगरपालिका संघ ३० वर्षमा प्रवेश गर्न लागेको अवसरमा प्रधानमन्त्रीबाट धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गर्ने संघले जनाएको छ। नेपाल नगरपालिका संघले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढीलाई उत्कृष्ट नगरपालिका पुरस्कारका लागि छनोट गरिएको जनाएको छ।

मङ्गलवार काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ। नेपाल नगरपालिका संघ सम्पूर्ण नगरपालिकाहरूको प्रतिनिधिमूलक संस्थाको रुपमा २०५० मा स्थापना भई नगरपालिकाहरूको साझा मुद्दा र हकहितको सवालमा वकालत र पैरवी गर्दै आएको संस्था हो ।

1