कैलालीमा पनि कोरोना संक्रमितहरु देखिन थालेका थिए । सीमाबाट नेपालीहरु घर फर्किने क्रम सुरु भएको समयमा गौरीफन्टा नाका पनि पुगेको थिए । झण्डै एक महिना अघि हो भन्सार गएको पनि । यो अवधिमा मलाई कुनै पनि केही लक्षण पनि देखिएन् । रेडक्रसले घर फर्किएकाहरुलाई सहयोग पनि गर्दै आएको काममा लागिरहेका थियौं ।
हाम्रो टोली विभिन्न क्वारेन्टिनहरुमा गएको थियो । टोलीले विभिन्न क्वारेन्टिनमा वसेकाहरुलाई पनि कोरोना पोजेटिभ भईसकेको थियो । हामीले उनीहरुसँग कुराकानी गरेका थियौं । असारको सुरुमा रेडक्रसको शव वाहनमा अत्तरियाका कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापनमा पनि उनी लागेका थिए । शवलाई मोहना आर्यघाटसम्म पुराउने चालक देवीलाल ओझाको रिर्पोट भने नेगेटिभ आएको छ । मेरो कसरी पोजेटिभ आयो म आफैं चकित छु ।
यस अघि मैले आरडिटी गराएको थिए । त्यो रिर्पोट नेगेटिभ आएको थियो । मैले देविलाल दाईको पिसीआर गर्नका लागि आफै नगरपालिका गएर दुई वटा भिटिएम ल्याएर आफ्नो र उहाँको स्वाब परिक्षणका लागि दिएको थिए । मलाई रिर्पोट आउँदा पनि पोजेटिभ आएको थाहा थिएन । पछि तिमीले (सीताराम ओझा) ले भनेपछि थाहा भएको हो । सुरुमा त मसँग तिमीले मजाक गरिरहेका छौं भन्ने लागेको थियो । पछि मैले पनि कनफर्म गरे । अफिसबाट पनि फोन आएको रहेछ । प्रयोगशालामा पनि फोन गरेर मेरो हो की नाई पक्का गरे । मेरो रिर्पोट पोजेटिभ आएको खबर तिमीले भन्दा म भान्सामा काम गरिरहेको थिए । खाना पकाईरहेको थिए ।
मैले मेरो रिर्पोटको वारेमा घरवेटीलाई जानकारी गराए । म अहिले सेतीको आईसोलेसनमा छु । वुधवारदेखि होटेलको कोठामा आईसोलेसनमा वस्छु । पछिल्ला दिनमा कही कतै पनि गएको छैन् । दुई दिन अगाडी नगरपालिका, सोमवार सेतीमा गएको हो । अहिलेसम्म मलाई एक प्रतिशत पनि लक्षण देखिएको छैन् । न सास फेर्न गाहे भएको छ न ज्वरो आएको छ । नत रुघा खोकी नै लागेको छ । अरु कोरोना संक्रमितलाई हौसला दिने काममा उद्धार र राहतको काममा आफै खटेको छु । मलाई केही पनि हुदैन् । म पनि ढुक्क छु । चाडोभन्दा चाडो कोरोनालाई जितेर फेरि नियमित काममा फर्किन्छु । (कुराकानीमा आधारित)