
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उप–महानगरपालिका ८ र १ को बिचमा पर्ने शिवनगर नाला माथी निर्माण भएको ट्रष्ट ब्रीजको उद्घाटन गरेका छन् ।

धनगढी उप–महानगरपालिकाको २२ लाख लागतमा पुल निर्माण भएको हो । पुल नहुदा शिवनगरको पूर्वी क्षेत्रका स्थानीयहरु समस्यामा रहेका थिए । झण्डै ५० फिट भन्दा बढी लामो पुल निर्माण भएपछि स्थानीयहरु खुसी छन् ।
नगरप्रमुख वडले पुल निर्माण भएसंगै आवतजावतलाई सजिलो भएको बताए । वडा नं ८ पुलको पूर्वी मोहडा सम्म कालोपत्रै सडक पनि निर्माण भैसकेको नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिका वडा नं ८ का अध्यक्ष नारायण बरालले स्थानीयको सक्रियतामा सबैकाम सम्भव भएको बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/19, 4:45
2022/02/16, 10:08
2020/12/02, 5:55