कैलालीको टीकापुरमा अझै सञ्चालन भएन मलमूत्र व्यवस्थापन केन्द्र
2023/03/25, 11:28
 
टीकापुर। कैलालीको टीकापुरस्थित मानव मलमूत्र व्यवस्थापन केन्द्रमा करिब एक वर्षमा ४५ ट्याङ्कर मलमूत्र पु¥याइएको छ । विसं २०७८ मा सुरु भएको केन्द्रमा एक वर्षमा उक्त परिमाणमा मलमूत्र व्यवस्थापनलाई ल्याइएपछि एकपटक पनि प्रशोधन गरिएको छैन ।  ADVERTISEMENT  प्रशोधन प्रक्रिया सुरु हुन आवश्यक मलमूत्र नआएपछि प्रशोधन प्रक्रियाबाट मलमूत्र छान्ने काम अलपत्र परेको छ । केन्द्र अलपत्र पर्न थालेपछि यतिखेर परामर्शदाताका कर्मचारीले नगरपालिका र निजी सङ्कलक ट्याङ्कर चालकसँग छलफल थालेका छन् । सञ्चालन भएको दुई वर्षसम्म निर्माण कम्

टीकापुर - कैलालीको टीकापुरस्थित मानव मलमूत्र व्यवस्थापन केन्द्रमा करिब एक वर्षमा ४५ ट्याङ्कर मलमूत्र पु¥याइएको छ । विसं २०७८ मा सुरु भएको केन्द्रमा एक वर्षमा उक्त परिमाणमा मलमूत्र व्यवस्थापनलाई ल्याइएपछि एकपटक पनि प्रशोधन गरिएको छैन ।

प्रशोधन प्रक्रिया सुरु हुन आवश्यक मलमूत्र नआएपछि प्रशोधन प्रक्रियाबाट मलमूत्र छान्ने काम अलपत्र परेको छ । केन्द्र अलपत्र पर्न थालेपछि यतिखेर परामर्शदाताका कर्मचारीले नगरपालिका र निजी सङ्कलक ट्याङ्कर चालकसँग छलफल थालेका छन् । सञ्चालन भएको दुई वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्नुपर्ने शर्त छ । तर, सञ्चालन भएर नगरपालिकालाई हस्तान्तरण गर्ने अवधि एक बाँकी रहँदा केन्द्र सञ्चालन हुन नसकेपछि चिन्ताको विषय भएको छ ।

केन्द्र सञ्चालन गर्न आवश्यक मलमूत्र अभावकै कारण प्रशोधन प्रक्रियामा कहाँ कहाँ कमजोरी छ भनेर हेर्न नपाएको परामर्शदाताको भनाइ छ । मलमूत्रको अभावले प्रशोधन गर्ने प्रक्रिया नै सुरु नभएको साना सहरी खानेपानी आयोजनाका इन्जिनियर पारसमणि भट्टले जानकारी गराए । “मलमूत्र अभावले केन्द्र सञ्चालन नभएको हो”, भट्टले भने, “प्रशोधन केन्द्र सञ्चालन हुन दैनिक नौ घनमिटर मलमूत्र भएपछि मात्र सिस्टम चल्छ ।”एउटा ट्याङ्करमा तीन घनमिटरसम्म मलमूत्र हुन्छ । दैनिक सञ्चालनलाई तीन ट्याङ्कर मलमूत्र आवश्यक रहेको उनको भनाइ छ । “केन्द्र सञ्चालनलाई योजना बनाएर टीकापुरमात्र नभई अन्य पालिकाबाट पनि मलमूत्र ल्याउन आवश्यक छ ।”

उनले परामर्शदाताले सञ्चालनको पहल गरिरहेको बताए।नगरपालिकाले एउटा शौचालयको मलमूत्र सङ्कलन गर्न रु दुई हजार पाँच सय शुल्क लिन्छ भने निजी ट्याङ्करले पनि सोही शुल्कमा सङ्कलन गर्छ । टीकापुर नगरपालिकामा शुल्क तिरेको आधारलाई मान्ने हो भने वर्षमा ७७ ट्याङ्कर मलमूत्र केन्द्रमा पुग्नुपर्ने हो। नगरपालिकाको एउटा र दुई निजी ट्याङ्करले मलमूत्र सङ्कलन गर्छन् । कैलाली जिल्ला खुलादिसा मुक्त क्षेत्र भए पनि सङ्कलन भएको मलमूत्र मेसिनको सहयोगमा ट्याङ्करले खुल्ला क्षेत्रमा फाल्छन् । मलमूत्र फाल्दा घरधनीबाट खुला क्षेत्रमा फाल्नुपर्छ भन्दै थप शुल्क लिने गरेका छन् ।

“वर्षभरिमा नगरपालिकाको ट्याङ्करले ७७ घरको शौचालयबाट मलमूत्र सङ्कलन गरेको देखिन्छ भने व्यवस्थापनमा जम्मा ४५ ट्याङ्कर सङ्कलन भएको देखिन्छ”, मलमूत्र व्यवस्थापनका ल्याब टेक्नेसियन आफन्त चौधरीले भने, “सङ्कलन गर्ने ट्याङ्करकै कारण र कतिपयले घरधनीले घर नजिकै खुला मलमूत्र फाल्दा व्यवस्थापन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन भने दिसामुक्त क्षेत्रको अवधारणालाई बेवास्ता गरिँदै आएको छ ।” समाजसेवी निर्मला कडायत भन्छन्, “नगरपालिका र यस क्षेत्रका अन्य पालिकाले खुला दिसा फाल्नेलाई कारबाही गर्ने नीति नबनाएसम्म करोडौँ लगानीमा बनेको संरचना चल्न सक्दैन” ।

उनले भने, मलमूत्र फाल्दा खुला फाल्ने र घरधनीसँग थप शुल्क लिनेलाई स्थानीय सरकारले कारबाही गर्नुपर्छ ।”मलमूत्र व्यवस्थापन केन्द्रले दैनिक नौ घनमिटरअर्थात् नौ हजार लिटर मलमूत्र व्यवस्थापन गर्न सक्छ । पछिल्लो जनगणनाअनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसङ्ख्या छ । केन्द्रमा प्रशोधन भएको पानी जमरा कुलामा पठाउने व्यवस्था मिलाइएको छ । शौचालयबाट निकालिएको मलमूत्र आफ्नै बारीभित्रै र खुला क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने समस्या थियो । अब प्रशोधन गरेर ऊर्जा निस्कनेछ । एकपटक प्रशोधन प्रक्रिया सुरु गरेपछि २६ दिनको प्रक्रिया हुन्छ । पक्रिया पूरा भएपछि मल सङ्कलन हुन्छ । झोल थिगिँ्रदै सफा पानीमा परिणत हुन्छ । नगर प्रमुख रामलाल डगौरा थारुले अहिले परामर्शदाताले नै सञ्चालन गरिरहेको मलमूत्र सङ्कलनका लागि पहल भइरहेको बताए । “हामीले पटकपटक छलफल गरेका छौैँ, यसलाई व्यवस्थित गरेर सञ्चालनको तयारीमा छौँ, करोडाँैको संरचना भएकाले अन्य पालिकासँग समन्वय गरेर व्यवस्थितरुपमा चलाउने तयारीमा छौँ ।”