थुप्रिए स्वाब संकलनका नमुना, ५१२३ जनाको परिक्षण बाँकी 
2020/07/01, 7:58
 
korona

सुदुरपश्चिममा स्वाब संकलनका नमुनाहरु थुप्रिएका छन् । धनगढी स्थित प्रयोगशालामा नमुना परिक्षणको क्रम घटेसँगै नमुनाहरु थन्किएका हुन् । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म पाँच हजार एक सय २३ जनाको स्वाब संकलनको नमुना परिक्षण हुन वाँकी रहेको छ ।

धनगढी स्थित प्रयोगशाला र राष्टि जनस्वास्थ्य प्रयोगशालामा ती नमुनाहरु परिक्षणको क्रममा रहेका छन् ।  सुदुरपश्चिममा कोरोना परिक्षण हुने एक मात्रै धनगढी स्थित प्रादेशिक प्रयोगशालामा कोरोना परिक्षण घटेको छ । सेती प्रादेशिक प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै कोरोना परिक्षण भएको छ ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै परिक्षण भएको जानकारी दिए । त्यसमा दुई जनामा कोरोना पुष्टि भएको छ ।