महाकाली सिँचाइ आयोजनाः भारतीय पक्षको मनोमानी, उद्घाटनको बाहाना देखाउँदै छाडेन नहरमा पानी
2023/04/02, 11:07
 
ss

महाकाली सिँचाइ आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ वटा शाखा नहर निर्माणको काम पनि सुरु भइसकेको छ । दुई वटा पुराना सिँचाइ कुलोलाई शाखा नहर बनाउने काम भइरहेको छ ।

असार १५ मा बेदकोट नगरपालिका–४ को बगुनमा सोही नहरबाट पानी ल्याएर रोपाइँ पनि गरियो । तर त्यसयता भने नहरमा पानी बन्द भएको छ। भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन सकेको छैन । भारतीय पक्षले उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ। तर दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटन कहिले गर्ने भन्ने टुंगो छैन ।

‘भारतीय पक्षले उद्घाटनलाई नै बहना बनाएर पानी छाड्न मानेको छैन,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने, ‘उद्घाटनको भने अहिलेसम्म कुनै टुंगो छैन ।’ उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला नहरको उद्घाटन हुन सके नहरमा पानी सञ्चालन हुने बताए । फागुन पहिलो साता प्रधानमन्त्री दाहाल कञ्चनपुर पुगेका बेला पनि निर्देशक बमले उद्घाटनको विषय उठाएका थिए । टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म १२ सय मिटर मूल नहर भारतीय पक्षले निर्माण गरेपछि असारमा उक्त नहरको परीक्षण गरिएको थियो।

त्यही बेला नेपालतर्फ निर्माण भएको मूल नहरको पनि परीक्षण गरिएको थियो । असार १५ मा नहरकै पानीले बेदकोट नगरपालिका ४ बगुनमा रोपाइँ गरेर धान दिवस पनि मनाइएको हो । तर त्यसपछि बन्द भएको पानी हालसम्म सञ्चालन हुन सकेको छैन ।एक वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । भारतीय पक्षले टनकपुर ब्यारेजमा नहरको इन्टेक नजिकै उद्घाटनको सबै तयारी पनि गरेको थियो । कोरोना संक्रमण तीव्र भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि उद्घाटन कार्यक्रम पनि रोकिएको थियो ।

आयोजना निर्देशक बमका अनुसार शुक्लाफाँटा नगरपालिकामा कालापानी सिँचाइसँगै दुई पुराना कुलाको सामान्य मर्मतपछि पानी सञ्चालन गर्न सकिनेछ । मूल नहर निर्माण भएको २८ किलोमिटर क्षेत्रमा २२ वटा शाखा नहर निर्माणको काम पनि सुरु भइसकेको छ । दुई वर्षभित्रै काम सक्ने गरी ठेक्का सम्झौता भएको हो ।अहिले मूल नहरमा इन्टेक निर्माण भइरहेको आयोजनाको सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले बताए । उनका अनुसार इन्टेक निर्माणपछि शाखा नहर निर्माणको काम थालिनेछ ।२८ किलोमिटरदेखि ४८ दशमलव २६२ किलोमिटर ९गोदावरी नदीसम्म० नहर निर्माणको प्रक्रिया पनि सुरु भएको छ ।

आयोजना कार्यालयले टेन्डर आह्वान गरिसकेको छ ।महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा १ हजार क्युसेक र हिउँदमा ३ सय क्युसेक पानी प्राप्त गर्नेछ । सिँचाइकै लागि नेपालले शारदा ब्यारेजबाट भने बर्खामा १ हजार र हिउँदमा डेढ सय क्युसेक पाउँदै आएको छ । आर्थिक वर्ष ०६३र०६४ मा निर्माण सुरु भएको आयोजनाको कामले सुरुका केही वर्ष मुआब्जा विवाद र बजेट अभावका कारण गति लिन सकेन । आयोजनाअन्तर्गत १५१ किलोमिटर मूल नहर निर्माण हुनेछ ।