![apsari](/sites/default/files/styles/flexslider_full/public/2023-04/umal_20230414140039.jpg?itok=iY-ZcvLo)
नेकपा एमाले दार्चुलाको दुई महिने अभियान (मिसन ग्रासरुट) सम्पन्न भएको छ । केन्द्रीय कार्यक्रम अन्तर्गतको दुई महिने अभियान दार्चुलाको उत्तरी हिमाली क्षेत्रको ब्यास गाउपालिकाको सामरिक महत्वको वडा नम्बर १ छाङरु र तिंकर क्षेत्रमा कठिन बाटोको कारण लिपुलेक क्षेत्र नपुगे पनि प्रस्थान बिन्दुमा पुगेर सम्पन्न भएको छ ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
सो भौगोलिक र सामरिक हिसाबले अत्यन्तै महत्वपूर्ण क्षेत्र (भारत र चीन) सँग सिमाना जोडिएको क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुराको काखमा पर्दछ । नेकपा एमालेको मिसन ग्रासरुट अभियानलाई सो सामरिक तथा भूराजनीतिक हिसाबले महत्वपूर्ण रहेको छाङरु र तिंकर क्षेत्रमा पुर्याउन नेकपा एमालेका केन्द्रीय नेता तथा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिएका चर्चित युवा नेता ऐन महरलाई अभियानको कमाण्डर तोकेको थियो ।
पार्टीको केन्द्रीय प्रतिनिधिको रुपमा खटिएका केन्द्रीय प्रतिनिधि ऐन महर भने नेपालको बाटो भएर कालापानी लिपुलेक क्षेत्रमा मिसन ग्रासरुटको अभियान टोलि लिएर पटकपटक जाने प्रयास गरे पनि भौगोलिक प्रतिकुलताका कारण जान सकेनन् । अहिले सदरमुकाम खलंगादेखि तिंकर जोड्ने नेपालतर्फ घोरेटो बाटो अबरुद्ध भएकाले छाङरु क्षेत्रका मानिसहरु आवतजावत गर्न भारतको बाटो प्रयोग गर्न बाध्य छन् । नेपालको बाटो खोल्न स्थानीयले पटक पटक सरकारसँग अनुरोध गरेको भए पनि सरकारले बाटो खोल्न सकेको छैन ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
दुई हप्ता पहिले अबरुद्ध बनेको ब्यासको तम्बाकुको भीरमा रहेको घोरेटो बाटो अहिले सम्म मर्मत हुन नसक्दा नेकपा एमालेको मिसन ग्रासरुट अभियान समेत ब्याँस गाउँपालिकाको सदरमुकाम सुन्सेरा भन्दा माथी जान कठिन भएको एमाले जिल्ला नेताहरुले जानकारी दिए । समापन कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य ऐन महर, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेमसिंह धामी, प्रदेश कमिटी सदस्य उमेश खत्रीलगायत एमाले जिल्ला नेताहरुको सहभागीता रहेको थियो ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)