
धनगढी - धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले अबैध ५ हजार लिटर घरेलु मदिरा, १० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, भाडावर्तन बरामद गरिएको छ।

कैलालीबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको ४६ जनाको प्रहरी टोलीले धनगढी वडा नम्बर ७, ८ र १२ का बिभिन्न स्थानबाट अबैध घरेलु मदिरासहित मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको हो । बरामद गरिएको घरेलु मदिरासहित मदिरा बनाउने कच्चा पदार्थ बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। २ जनालाई एक हजार राजश्व शुल्क लिई कार्वाही गरिएको समेत प्रहरी जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/09/26, 4:27