गर्मी बढेपछि कुञ्चा सर्दै व्याँसी सौका समुदाय
2023/04/30, 11:09
 
ss

दार्चुलाको व्याँस गाउँपालिकामा मात्रै बसोबास रहेको व्यासी सौका समुदाय जिल्ला सदरमुकाम क्षेत्रमा गर्मी बढेपछि कुञ्चा सर्न थालेका छन् । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने व्यासी सौका समुदाय भारतको बाटो भएर छाङरु र तिङकर आज आइतबारदेखि कुञ्चा सरीरहको व्यास गाउँपालिकाका स्थानीय ललित सिंह बोहराले बताए छाङरु र तिङ्करका गरी करिब ७० परिवार  बसोबास गर्छन्। ती परिवारहरू सदरमुकाम खलङ्गामा गर्मी बढेकाले कुञ्चा सरिरहेको उनले बताए । 

सदरमुकामबाट आफ्ना पशु चौपायासहित उनीहरू तिङ्कर गइरहेका हुन् । उनीहरूलाई तिङकर पुग्न कम्तीमा ७ दिन लाग्ने गर्दछ । बाटो घाटोको समस्या त छ्दैछ त्यसमा पनि यता सदरमुकाममै पकाएको सातु लगाएको खाना खाजा लगेर एक साताको लागि बाटोको खाना लगेर जानू पर्ने बाध्यता समेत रहेको श्रेणी तिङ्करिले बताइन ।  खलङ्गाबाट हिँडेर पहिलो दिनमा एलागाड, दोस्रो दिन पाङ्ला तेस्रो दिन बुदी चौथो दिन छाङरु तिङ्कर पुगिन्छ । व्यासी सौका समुदाय गएको मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम खलङ्गा झरेका थिए ।

तिङ्करवासीहरु गाउँ फर्किएपछि तरकारी लगायत बाली भित्र्याउने काम गर्ने बताइएको छ । व्यास गाउँपालिका वडा–२ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीका अनुसार छाङरुमा ११० परिवार तथा तिङ्करमा ७० परिवारको बसोबास रहेको छ । नेपाल–भारत जोड्ने सीतापुल नाकाबाट व्यासी सौका समुदाय भारतको बाटो हुँदै तिङ्कर पुग्ने छन् । 

सौका समुदायको ६ महिना ब्यासमा बसोबास गर्छन् भने बाकी ६ महिना चिसो छल्न जिल्ला सदरमुकाम आउने गर्दछन् । उनीहरूको जग्गा जमिन देखि सबै बन्दो बस्तका सामग्रीहरू उतै छोडेर आउने गर्दछन् । कसैले ढोकामा ठूलो ताल्चा लगाएर आउछ्न भने कसैले एक जना घर हेराला भनेर राख्ने गरेको स्थानीय सोबान तिङ्करी बताउँछन् ।