हिमपहिरोमा बेपत्ता तीन जनाको शव फेला, बेपत्ता दुई महिलाको खोजी हुँदै
2023/05/03, 7:06
 
ss

दार्चुलामा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव फेला परेको छ। एक पुरुष र दुई महिलाको शव फेला परेको हो।

उनीहरूको शव बाहिर निकाल्ने प्रयास भइरहेको छ। फेला परेका पुरुष दुहु गाउँपालिका, पोक्सेका १८ वर्षीय प्रवीण कुँवर रहेको प्रहरीले जनाएको छ। अन्य दुई  महिलाको सनाखत हुन बाँकी छ।

बेपत्ता अन्य दुई महिलाको खोजी कार्य जारी छ। व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ।

हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए। सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको टोलीले उद्धार गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो।

शव घटनास्थलभन्दा अन्दाजी ६ सय मिटर पर खोल्सामा भेटिएको उनले बताए। शवको सनाखत भने भएको छैन। अहिले पनि उक्त क्षेत्रमा हिउँका साथै पानी पनि परिरहेकाले उद्धार कार्यमा कठिनाइ आएको धामीले बताए। मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन्।