
सुदूरपश्चिम प्रदेशकाे प्रदेश सभा बैठक पाँचाै पटक स्थगित गरिएकाे छ । प्रतिपक्षीकाे अवराेधका कारण लगातार स्थगित हुँदै अाएकाे सभाकाे बैठक बिहिबार दिउसाे ३ बजे अाह्वान गरिएकाे थियाे ।

सरकार र प्रतिपक्षी दलबिचकाे बार्ता जारी भएपछि बैठक स्थगित गरिएकाे सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । सरकारले अवराेधबारे निष्कर्ष भइनसकेकाेले सभामुखलाइ बैठक सार्न अाग्रह गरेपछि सूचना टाँसेर स्थगित गरिएकाे जनाइएकाे छ ।
अहिले सरकार र प्रमुख प्रतिपक्षी दल, प्रतिपक्षी दलबिच छलफल जारी रहेकाे छ । सभाकाे बैठक २१ गते विहान ८ बजेसम्मका लागि स्थगित गरिएकाे सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:55
2021/06/29, 3:30
2022/03/03, 7:02
2023/03/27, 12:05